आ‍.व.०७४।७५ को २०७५।१। १७ (April 30,2018 )सम्मको भूकम्पका लाभग्राहीहरुलाई किस्ता गएको बिस्तृत विबरण साविक गा‍.वि.स.बमोजिम हाल(मिति २०७५।१।१७,April 30,2018)सम्म किस्ता रकम गएको सारंश आ‍.व.०७४।७५ को २०७४।१२। १७ (March31,2018 )सम्मको भूकम्पका लाभग्राहीहरुलाई किस्ता गएको बिस्तृत विबरण साविक गा‍.वि.स.बमोजिम हाल(मिति २०७४।१२।१७,March 31,2018)सम्म किस्ता रकम गएको सारंश आ.व. ०७४/७५ को लागि जिल्ला दर रेट तय गरी सार्वजानिक गरिएको । तेश्रो चौमासिक तथा वार्षिक प्रगति समीक्षा गोष्ठी सम्बन्धमा आ.व.०७३/७४ को स्वीकृत जिल्ला दररेट सार्बजनिक गरिएको । स्थानीय तह पुनसंरचना प्राबिधिक सहयोग समिति गोरखाको अत्यन्त जरुरी सूचना निजी आवास पुननिर्माण अनुदान सम्झौताका लागि छनौट भएका लाभग्राहीहरुको सूची जिल्ला विकास समितिको कार्यालय गोरखाको नयाँ वेवसाइटमा तपाईलाई स्वागत छ।

स्थानीय निकायमा सूचना सञ्चार तथा प्रविधि सम्बन्धी तालिम

समग्र प्रविधि क्षेत्रको सर्वस्वीकार्य विधा सूचना प्रविधि पछिल्लो समय देश विकासको मेरुदण्ड नै बन्दै गएको छ । सूचना प्रविधिको क्षेत्रमा भएको बहुआयामिक प्रभाव र विस्तारले विश्व साँघुरो ग्राममा परिणत हुँदै गएको यथार्थ अब नौलो कुरा रहेन । दैनिक जीवनमै सूचना प्रविधि हावी भएकाले मानिसको दैनिकीमा ठूलो सहजता ल्याइदिएको छ । कम्प्युटरको विकासबाट सुरूवात सूचना प्रविधिको क्षेत्रमा भएको गुणात्मक फड्को कम्प्युटरकै सेरोफेरोमा अझ अङ्कुरित, पुष्पित, पल्लवित हुँदै गएको छ । कम्प्युटर नामको प्रविधिको भाँडो आज आएर यति लचिलो भइसकेको छ कि दूरसञ्चार, सञ्चार माध्यम, बैङ्कङि, सरकारी संस्था, गैरसरकारी संस्था, व्यावहारिक जुनसुकै प्रयोजनका लागि यसको प्रयोग वाञ्छनीय हुन पुगेको छ ।

 स्थानीय निकायमा कार्यरत कर्मचारीहरुलाई सूचना, सञ्चार तथा प्रविधि सम्बन्धी आधारभुत ज्ञान प्रदान गर्ने तथा स्थानी निकायलाई सूचना, संचार तथा प्रविधिको क्षेत्रमा अघि बढाउने उधेश्य सहित यो तालिमा प्रदान गरिएको हो।  मिति२०७३ वैशाख २१,२२ र २३ गते बिहान ७ः०० बजे देखि १०ः०० बजे तथा साँझ ४ः०० बजे देखि ६ः०० बजे सम्म संचालन गरिएको यस तालिममा जि.वि.स., प्राविधिक कार्यालय तथा DRILP-AF मा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो। 

स्थानीय विकास अधिकारी श्री नारायण आचार्य ज्यू बाट औपचारिक रुपमा उद्घाटन भएको उक्त तालिम उहाँबाट नै औपचारिक रुपमा समापन गरियो।

स्थानीय निकायमा कार्यरत कर्मचारीहरुलाई सूचना,सञ्चार तथा प्रविधि सम्बन्धी ज्ञान तथा सीप हस्तान्तरण गर्ने उधेश्यले संचालन गरिएको तालिममा गोरखा जि.वि.स.को सूचना,सञ्चार तथा प्रविधि को अवस्था बारे जानकारी गराउँदै अाई.सि.टी. ईन्जिनियर भरत दानकोटी ।


स्थानीय निकायमा कार्यरत कर्मचारीहरुलाई सूचना,सञ्चार तथा प्रविधि सम्बन्धी ज्ञान तथा सीप हस्तान्तरण गर्ने उधेश्यले संचालन गरिएको तीन दिने तालिम पश्चात् आफ्नो अनुभव शेयर गर्दै सहभागी श्री कुलराज चालिसे।

स्थानीय निकायमा कार्यरत कर्मचारीहरुलाई सूचना,सञ्चार तथा प्रविधि सम्बन्धी ज्ञान तथा सीप हस्तान्तरण गर्ने उधेश्यले संचालन गरिएको तालिममा स्थानीय निकायमा सूचना,सञ्चार तथा प्रविधिको महत्व बारे प्रकाश पार्दै तालिमको समापन गर्नुहुँदै स्थानीय विकास अधिकारी श्री नारायण आचार्य ज्यू।

फोटो हर्नको लागि यहाँ क्लिक गर्नुहोस्।

 


Skip to toolbar